माधव नेपाल समूहकाे निर्णय – ओलीको चियापानमा नजाने, राष्ट्रिय भेला नरोक्ने

रेडियो दर्पण संवाददाता

काठमाडौं, २ चैत ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टी अध्यक्षा एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रममा सहभागी नहुने निर्णय गरेकाे छ ।

यस्तै याे समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णयसमेत गरेकाे छ ।

ओलीसँगकाे छलफलपछि बानेश्वरमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने माधव नेपाल समूहका नेताहरुले बताएका छन् ।

ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने भएका हुन् ।