कारागारभित्र कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला

रेडियो दर्पण संवाददाता

काठमाडौं, ८ बैसाख ।

जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कार्यालय सहयोगी पाण्डेले यसघि पनि पटक-पटक बिष सेवन गरी आत्महत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ। पाण्डेले अत्याधिक मदिरा सेवन गर्ने गरेको पनि प्रहरीले बताएको छ।