कांग्रेस कार्यालयका दुई कर्मचारीलाई कोभिड पुष्टि, आज केन्दीय समिति बैठक बस्दै

रेडियो दर्पण संवाददाता

काठमाडौं, १५ वैशाख ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो दुई बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने बैठकमा आगामी महाधिवेशनका विषयमा छलफल हुनेछ ।

बैठक बस्‍ने भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यालयका कर्मचारी गरी १२९ जनाको कोभिड-१९ परीक्षण गरिएको थियो । जसमा दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीका अनुसार दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको हो ।

उनीहरु होम आइसोलेसनमा छन् । कांग्रेस केन्द्रीय कार्यसमितिमा यसअघि देखि नै पीसीआर परीक्षणको माग उठ्दै आएको थियो ।