बिरामीको मृ’त्यु पछि अस्पताल तो’डफो’ड

रेडियो दर्पण संवाददाता

काठमाडौं, १५ वैशाख ।

आफन्तले आईसीयू बेड मिलाइ दिन अस्पताललाई आग्रह गरिरहेका थिए । तर, अस्पतालले नभएको भन्दै थप उपचारका लागि अन्य अस्पतालमा लैजानलाई भनेको थियो । आईसीयू बेडकै लागि आफन्त र कर्मचारीबीच गलफत्ती चलिरहँदा मंगलबार बिहानै सं’क्र’मित महिलाको मृत्यु भएको थियो । त्यसपछि आ’क्रो’शित आफन्तले डाक्टर र नर्समाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोडमा गरेको अस्पताल प्रशासनलाई उद्धृ’त गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफन्त र अस्पतालका कर्मचारीबीच बेडका लागि विवाद भइरहँदा ती महिलाको मृ’त्यु भएको थियो । त्यसपछि मृ’तकका आफन्तले अस्पतालमा तोडफोड मचाएका थिए । ‘बिरामीलाई सिकिस्त हालतमा अस्पताल ल्याइएको थियो हामीले आईसीयू बेड छैन भनेर परिवारलाई भनेका थियौं । अस्पतालका कर्मचारी र ती आफन्तबीच केही बेर कु’टाकु’टसमेत चलेको थियो । बिरामीलाई अक्सिजन दिएर इमर्जेन्सी उपचार दिइएको थियो तर बिरामीको मृ’त्यु भयो । त्यसपछि आफन्तले कर्मचारीहरूमाथि आक्रमण सुरु गरे,’ घट’नाका सम्बन्धमा अस्पताल प्रशासनको भनाइ उ’द्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पतालले आक्रमणबाट आठ जना कर्मचारी घा’इते भएको जनाएको छ । झडप इमर्जेन्सी वार्डबाट सुरु भएर बाहिर गेटसम्मै चलेको थियो । घटनाको भिडियो सामाजिक सञ्जालहरूमा पनि सार्वजनिक भएको छ । जसमा अस्पतालका कर्मचारी र मृ’तका आफन्तबीच झडप भएको देखिन्छ । मृ’तकका आफन्तहरूको भनाइ भने बाहिर आएको छैन ।