थप ४८९७ जनामा कोभिड १९ संक्रमण, उपत्यकामा मात्रै दुई हजारभन्दा बढी संक्रमति

रेडियो दर्पण संवाददाता

काठमाडौं, १५ वैशाख ।

पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीर परीक्षण गर्दा ४ हजार ७७४ जनामा र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोभिड १९ संक्रमण देखिएको हो।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २ हजार ४७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौंमा १ हजार ४६४ जना , ललितपुरमा ३५१ जना र भक्तपुरमा २३२ जनामा संक्रमण देखिएको हो।

यस्तै सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ७७३ संक्रमित निको भएका छन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस्तै बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।