गण्डकीका हराएका सांसद आइसियुमा भेटिए

रेडियो दर्पण संवाददाता

पोखरा, १५ वैशाख ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न नगई हराएका सांसद आइसियुमा भेटिएका छन् । पोखराको चरक अस्पतालको आइसियुमा उनी भेटिएका हुन् ।

मुख्यमन्त्री गुरुङका विरुद्धमा दर्ता भएको अवश्विासको प्रस्तावका पक्षमा मतदान गर्ने आश्वासन राष्ट्रिय जनमोर्चाले दिएको थियो । सोही बमोजिम आज अपरान्ह मतदान हुने तय भएको थियो । तर संसद बैठकमा उपस्थित नभएका भनिएका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयुमा फेला परेका छन् ।संसद बैठक चलरिहेका बेला बेपत्ता भएका भनिएका सांसद शाही चरक मेमोरियल अस्पतालको आइसीयुमा रहेको तथ्य सार्वजजनिक भएको छ ।

जनमोर्चाका सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा अकस्मात विरामी परेकाले आइसीयुमा भर्ना भएको जनाकार गराएका छन् ।त्यस्तै अर्का सांसद राजीव गुरुङ (दिपक मनांगे) पनि अहिलेसम्म सम्पर्कविहीन छन् । उनी पनि मोबाइल फोन स्वीच अफ गरेर बेपत्ता भएका छन् ।