कोरोना लागेर होम आइसोलेशनमा बसिरहेकी आमालाई झ्यालबाट हेर्दै छोरा

रेडियो दर्पण संवाददाता

काठमाडौं, १६ वैशाख ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआर ४७७४ र एन्टिजेन १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

आज ४८ सय ९७ संक्रमित थपिए, उपत्यकामा मात्रै २ हजारभन्दा बढी

नेपालमा थप ४८ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना रहेका छन् ।

यस्तै सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ७७३ संक्रमित निको भएका छन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस्तै बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।