प्रचण्ड–माधव पत्तासाफ हुँदैः केन्द्रीय सदस्यसहित दर्जनौं नेता ओली क्याम्पमा प्रवेश !

रेडियो दर्पण संवाददाता

काठमाडौं, १६ वैशाख ।

सत्ता स्वार्थ र परिवारवादी चरित्रका धनिको रुपमा परिचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूह परित्या गरी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्नेको लर्को नै लागेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा तत्कालिन माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गत वाल सेनाहरुको संगठनहरु प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा समाहित भएको घोषणा गरेका छन् । प्रचण्ड–नेपाल पक्षधर नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा सहित पूर्व लडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित हुनुभएको हो।

पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा ९अर्जुन० र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरेका हुन्। नेकपा नेता थापाले पूर्व लडाकु, वहिगर्मित सेना र वाल सैनिकहरुको संगठन अब ओली नेतृत्वको नेकपामा समाहित भएको बताउनुभय।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुले प्रचण्डबाट पटक पटक धोका भएको र आफ्नो मात्र स्वार्थ हेर्ने गरेका कारण आफुहरुसँगै बस्ने अवस्था नरहेको बताएका छन् । नेकपा अनौपचारिक रुपमा विभाजन भएपछि प्रचण्ड पक्षका अधिकाशं नेता ओली पक्षमा उभिएका छन्।