अभिनेत्री साम्राज्ञीले सुरु गरिन अनलाईन ब्यवसाय

रेडियो दर्पण संवाददाता

पहिलो चरणको कोरोना महामारीपछि थुप्रै नेपाली कलाकारले बैकल्पिक पेसा रोजेका छन् । गीत संगीतमा कार्यरत कलाकार मात्र होइन, फिल्म राम्रो जमेका कलाकारले पनि बैकल्पिक पेशा रोजेको देख्न सकिन्छ ।

कोरोनाको कारणले पनि होला पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । यस्तैमा पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अनलाईन व्यवसाय सुरु गरेकी छन् । जसको अनुमान उनले सामाजिक संजालबाट सार्वजनिक गर्ने तस्बिरबाट लगाउन सकिन्छ ।

राम्रो ‘ड्रेस सेन्स’ र दर्शकमा राम्रो क्रेज भएकी शाहले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी छन् । ‘प्याप’ नाममा खोलिएको उनको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाका पहिरन छन् । जसको प्रचार शाहले दैनिक फोटोसुटका तस्बिरहरु सार्वजनिक गरेर गर्दै आएकी छन् ।

कोरोना महामारीपछि बिभिन्न अनलाइन सपिङ बढेको छ । आवश्यक हरेक सामान अनलाइनबाटै अडर गर्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर साम्राज्ञीले पनि अनलाइन स्टोर सुरु गरेको हुन सक्छिन् ।फिल्म ‘रातो टिका निधारमा’पछि साम्राज्ञीका कुनै पनि फिल्म प्रदर्शनमा आएको छैन ।

‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीले पहिलो चरणको लकडाउनपछि फिल्म ‘तिम्रो मेरो साथ’ काम गरेकी थिइन् । यो फिल्ममा उनको जोडी अभिनेता पुष्प खड्का बनेका छन् ।‘तिम्रो मेरो साथ’को अलवा उनीसँग निर्देशक प्रवेश पौडेल र मिलन चाम्सको फिल्म समेत हात परेको थियो । कोरोनाको दोस्रो लहर सुरु भएको कारणले फिल्मको छायाँंकन अन्योलमा परेको छ ।