बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

रेडियो दर्पण संवाददाता

बाँके , १८ वैशाख ।

बाँकेमा गए रातभरीमा छ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ः०० बजे पीसीआर गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो।

नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे मृत्यु भएको छ। यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो। गए राति १०ः०० बजे उनको मृत्यु भएको छ। नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ।

यही वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ः०० बजे मृत्यु भएको छ। मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । राति १२ः३० बजे उनको मृत्यु भएको छ।

दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। उनको आज बिहान ४ः०० बजे मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ।