‘प्रेमिकालाई कसरी तह लगाउने’ भन्दै गुगलमा खोजी गरेपछि…

रेडियो दर्पण संवाददाता

प्रेमी प्रेमिकाबिच प्रेम र कहिलेकाँही विवाद हुनु स्वभाविक नै मानिन्छ । तर केहीले प्रेमिकालाई तह लगाउने कुरो गुगल गरेरै सिकेको पाइएको छ । अझ कोभिड महामारीमा लैं गि क हिं सा का घटनाहरू निकै बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् । हालै गरिएको एक अध्ययनले सन् २०२० मा मानिसहरूले कसरी त्यस्ता कार्य गर्ने भनी गूगलमा व्यापक खोजेको पाइएको छ ।

यसबारेको सोध टेलर यान्ड फ्रान्सिस नामक जर्नलमा प्रकाशित छ । यसको अध्ययन न्युजील्यान्डको ओटागो विश्वविद्यालयकी वरिष्ठ उपप्राध्यापक क्याट्रिना स्ट्यान्डिशले गरेकी हुन् । अध्ययनका क्रममा अमेरिकामा गूगलको कस्ता सर्च गरिएका थिए भनी हेरिएको थियो । सन् २०२० मा लैं गि क हिं सा ३१ प्रतिशतबाट बढेर १०६ प्रतिशत पुगेको पाइयो ।

‘पत्नी वा प्रेमिकालाई कसरी तह लगाउने’ र ‘कसैले थाहा नपाउने गरी पत्नी वा प्रेमिकालाई कसरी ठ टा उ ने’ १६ करोड ५० लाखपटक सर्च गरिएको पाइयो । धेरै सर्चहरूमा पुरुषले गर्ने हिं सा को संकेत पाइयो ।

‘उसले मलाई मा र्छ’ लाई गूगलमा १० करोड ७० लाखपटक खोजिएको थियो भने ‘उसले मलाई ठ टा उँ छ’ ३२ करोडपटक खोजिएको थियो । त्यस्तै ‘सहायता गर्नुस्, ऊ सताएर बसिरहन्छ’ १ अर्ब २२ करोडपटक सर्च गरिएको थियो ।

‘आफ्नो सोधमा क्याट्रिनाले करोडौं मानिस अनलाइनमा सहायताका लागि पुकारा गरिरहेका छन् र कोभिड १९ को यो वास्तविकतालाई म प्रतिबिम्बित गर्न चाहन्थें, भनेकी छिन् ।