काठमाडौं, १९ बैशाख ।
बुधबार साँझ विद्यालयमा कार्यरत लेखापाल र शिक्षिकाको स्कुटर दु’ र्घ’ टनामा मृ’ त्यु भएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दु’ र्घ’ टना हुँदा सवार दुवै जनाको मृ’ त्यु भएको हो ।
कोरोना स’ङ्क्रमणका कारण विद्यालय ब’ न्द भएपछि दमौली फर्किने क्रममा दु:र्घ’टना भएको प्रहरीले जनाएको छ ।
मृ’ त्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानाएको छ ।
मृ’ त’कमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत हुनुहुन्थ्यो भने पवित्रा महेन्द्रज्योति
माध्यमिक विद्यालयको शिक्षिका हुनुहुुन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ ।
शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्याउने घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि पनि उहाँको दाबी रहेको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उहाँको भनाई छ ।
उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् ।
खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् ।
सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।
लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् ।
भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् ।
भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे ।
देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् ।
नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।