सोमबार थप ३७ जना संक्रमितको मृत्यु, ७ हजार ४४८ जना नयाँ संक्रमित थपिए

रेडियो दर्पण संवाददाता

काठमाडौं, २० वैशाख ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार ४४८ जना भन्दा बढी नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर १६ हजार ६५८ जनाको आरटी–पीसीआर गर्दा ७ हजार ३८८ जना र ५१८ जनाको एन्टिजेट परीक्षण गर्दा ६० जना गरी कुल ७४४८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८६ हजार १५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख २१ हजार १६४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ५४ हजार ४१ जना आइसोलेसन र २१२ जना क्वारेन्टिनमा छन् ।