काठमाण्डौः
स्याङजामा १ जनाले आफ्नै अन्डकोष काटेका छन् ।
यसरी आफ्नै आन्डकोष काट्नेमा स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ बस्ने काभ्रेका सुक बहादुर गुरुङ रहेका छन् ।
४५ बर्षका गुरुङले बुधबार साँझ घाँस काट्ने आँसी (हँसिया)ले आफ्ना दुइवटै अण्डकोष काटी चुँडालेका थिए । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार गुरुङकाे मानसिक सन्तुलन ठिक नभएकाे र साेही कारण उनले अन्डकोष काटेको बुझिएकाे छ ।
गुरुङको अन्डकोष चुँडिएको अवस्थामा भेटिएछि जिल्ला अस्पताल स्याङ्जाको उपचारपछि थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको छ । उनकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।