राति यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् छिटै हुनेछ धनको वर्षात !

रेडियो दर्पण संवाददाता

राति निदाउँदा हामी धेरै प्राकरका सपना देख्छौं। केहि सपनाहरु हामीलाई याद हुन्छ भने केहि सपनाहरु बिर्सन्छौं। तर सपना शास्त्रहरु अनुसार हरेक सपनाको हाम्रो जीवनमा घट्ने घटनाहरुसँग सम्बन्ध हुन्छ। शास्त्रमा हरेक प्रकारको सपनाको अर्थ हुन्छ। सपना शास्त्रमा केहि सपनाको बारेअम उल्लेख छ जसको अर्थ छिटै नै धन लाभ हुनेछ। देवी लक्ष्मीको अनुग्रह तपाईमाथि वर्षा हुन गइरहेको छ।

– यदि सपनामा तपाईंले सर्प देख्नुहुन्छ भने, यसको मतलब यो हुन्छ कि तपाईंले अचानक धन लाभ प्राप्त गर्नुहुनेछ

– सपनामा नृत्य गरिरहेकी स्त्री देख्नु पनि शुभ मानिन्छ। सपना शास्त्रका अनुसार यसले लक्ष्मीको आगमन र धन प्राप्तिलाई संकेत गर्छ।

– सपनामा माउरीको घारमा देख्नु पनि धेरै शुभ हुन्छ। यो सपनाले तपाईंलाई धन प्राप्तिको संकेत गर्छ। सपनामा मह देख्नु पनि राम्रो हो।

– यदि तपाईं सपनामा आफूलाई अग्ल स्थान वा रूखमा चढेको देख्नुहुन्छ भने, यसले चाँडै तपाईंको काममा पदोन्नतिलाई दर्शाउँछ। यस्ता सपनाहरू सफलताका सूचक हुन्।

– सपनामा आफूले गहना लगाएको देख्नु पनि धेरै शुभ हो। यसले माता लक्ष्मीको अनुग्रह दर्शाउँछ। यो सपनाको अर्थ तपाईंले चाँडै धन प्राप्त गर्नुहुनेछ।

– सपनामा देवता वा देवस्थानको दर्शन गरेको देख्नु धेरै शुभ हुन्छ। यस सपनाको अर्थ यो हो कि तपाईंमा ईश्वरीय अनुग्रह प्राप्त हुनेछ। छिटै तपाईं माथि माता लक्ष्मीको कृपा वर्षिनेछ।