एकसाथ नौ बच्चालाई जन्माउने महिला गम्भीर बिरामी , बचाउने कोसिस

रेडियो दर्पण संवाददाता

एकसाथ नौ बच्चालाई जन्माउने महिला गम्भीर बिरामी भएकी छिन । नौ बच्चालाई जन्मा दिएर चर्चामा आएकी २५ वर्षीय महिला हलीमा प्रसवको प्रक्रियामा रगतको कमी हुन गई गम्भीर भएको उनको उपचारमा संलग्न डक्टरले जनाएका छन् ।

हलीमा नामकी महिलाले मोरक्कोमा एकसाथ ९ बच्चा जन्माएकी थिइन , जसमा ५ छोरी र ४ छोरा थिए । सबै बच्चाहरू अहिले सकुशल छन् तर उनी मृत्यु सँग पैठे जोरी खेल्दै छिन ।

माली सरकारले उनलाई बचाउन सबै प्रयास गर्ने जनाएको छ । उक्त महिलालाई माली सरकारले विशेष हेरचाहको लागी मोरक्कोमा पठाएको थियो ।