भर्खरै अनियन्त्रित चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्यो

रेडियो दर्पण संवाददाता

काठमाडौं, २६ बैशाख ।

लामो समयदेखि चर्चाको विषय बनेको चिनियाँ रकेट पृथ्वीमा खसेको छ । चीनको लापरवाहीका कारण नियन्त्रणबाहिर गएको रकेटको जोखिम अब टरेको हो ।
चीनको अन्तरिक्ष एजेन्सीले लाङ्ग मार्च–५बी रकेटको ठूलो हिस्सा हिन्द महासागरमा खसेको जनाएको छ । अनियन्त्रित चिनियाँ रकेट भग्नावशेष हिन्द महासागरमा माल्दिभ्स–श्रीलंकाको नजिकै खसेको हो ।

उक्त रकेटको एक ठूलो अंश वातावरणमा प्रवेश गर्ने बित्तिकै समाप्त भयो । विश्वका वैज्ञानिकहरु रकेटको अवतरणलाई लिएर आशंकित भएका थिए । रकेटको अनियन्त्रित ठूलो भागलाई खतराका रूपमा देखिएको थियो ।

लाङ्ग मार्च–५बी ९ मेमा पृथ्वीमा खस्ने डर थियो । तर यसको अवतरणको बारेमा कुनै ठोस जानकारी थिए । आज दिउँसो पृथ्वीमा खस्ने अनुमान गरिएको थियो ।

नासा लगायत विश्वका अन्तरिक्ष एजेन्सीहरूले यसमा उनीहरूको आँखा लगाएका थिए । लाङ्ग मार्च–५बी रकेटको तौल २१ टन थियो । यदि रकेटको यो भाग जनसंख्या भएको ठाउँमा खसेको हुन्थ्यो भने यसले धेरै क्षति पुर्‍याउन सक्थ्यो ।