अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न ओलीलाई माधव नेपालको चेतावनी

रेडियो दर्पण संवाददाता

काठमाडौं, २६ बैशाख ।

नेकपा एमालेका नेता माधव कुमार नेपालले गलत बाटो प्रयोग गरी संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल मार्फत चेतावनी दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका हुन् ।

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको कदम अलोकतान्त्रिक भएको उनको ठहर छ । कोरोना महामारी नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनका सरकार केन्द्रित हुनुपर्ने नेता नेपालले बताए ।

उनले लेखेका छन् ( ‘कोरोना कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।