आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

रेडियो दर्पण संवाददाता

काठमाडौं, २८ बैशाख ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य बढेको छ । नयाँ मूल्य अनुसार आज प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजापी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।