अमेरिकामा एक वर्षदेखि चिस्यान ट्रकमा भण्डारण गरिएका शवहरूको अन्त्येष्टि गर्न अझ बाँकी

रेडियो दर्पण संवाददाता

काठमाण्डौ, २९ वेशाख ।

गतवर्ष अमेरिकामा कोरोनाभाइरस संक्रमित भइ मर्नेहरूको शव अहिलेसम्म अन्त्येष्टि नगरिएको पाइएको छ । अमेरिकाको न्युयोर्क सहरमा अहिले पनि चिस्यान ट्रकलाई शव भण्डारण गर्न उपयोग गरिएको छ ।

एक वर्ष पहिले अस्थायी शवगृह बनाइएको थियो । त्यसमा राखिएका शवहरूलाई अझसम्म अन्त्येष्टि गरिएको छैन् ।

मेडिकल एग्जामिनर अफिसले एक विज्ञप्ति जारी गरी जनाए अनुसार ब्रुकलिनको किनारमा रहेका ट्रकहरूमा अझ ७५० शव राखिएको छ । ती शवहरूको अन्त्येष्टि गर्ने व्यवस्था तिनका परिवारजनले नगरेसम्म शव त्यही रहनेजनाइएको छ ।

तर डिप्टी कमिसनर दीना मनियोटिसले सिटी काउन्सिलले यी शवहरूलाई एक खेतमा गाड्न सकिने जनाएको थियो । सन् २०२०को अप्रिलमा पनि सहरका अधिकारीहरूले यस्तै गरी शव गाड्ने सुझाउ दिएका थिए । तर त्यतिखेर कमिटी तयार भएको थिएन् ।

एक वेबसाइटले जनाए अनुसार यस्ता शवहरूको संख्या बढी पनि हुन सक्नेछ ।