त्रास नफैलाउन अस्पतालहरूलाई काठमाडौंका सीडीओको चेतावनी

रेडियो दर्पण संवाददाता

काठमाडौँ, २९ वैशाख ।

राजधानीका केही अस्पतालले अक्सिजन अभाव र बिरामीको उपचार गर्न सकिँदैन भनेर जारी गरिरहेका सूचनाप्रति जिल्ला प्रशासन कार्यालयले आपत्ति जनाएको छ। बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भइरहेका बिरामीलाई समेत उपचार गर्न नसकिने भनेर जारी गरिरहेको सूचनाप्रति जिल्ला प्रशासन कार्यालय काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसादले बुधबार जारी गरेको सूचना भनिएको छ, ‘अक्सिजन अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजर अन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्यले आमनागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ।