अभिनेत्री स्वेतालाई पति शो’क

रेडियो दर्पण संवाददाता

काठमाडौं, ३० बैसाख ।

अभिनेत्री स्वेता भट्टराईलाई पति शो’क परेको छ । उनका श्रीमान मिलन सापकोटालाई कोरो’ना सं’क्रमण भएपछि उपचारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा नि’धन भएको हो ।

परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको हाई डिपेन्डेन्सी यूनिटमा नि’धन भएको हो ।
काभ्रे, रोशी गाउँपालिका वडा नम्बर १० का सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । यो जोडीको एक छोरी छिन् ।

स्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्या’कमेल’, ‘प्रोड्यूसर’लगायतका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन् ।