काठमाडौं उपत्यकामा एकैदिन ३३४९ जनामा कोरोना संक्रमण पुष्टि

रेडियो दर्पण संवाददाता

काठमाडौं, ३१ बैसाख ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३३४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २४५८ जना, ललितपुर जिल्लामा ५५६ जना र भक्तपुर जिल्लामा ३३५ जनामा कोरोना संक्रमण देखिएको छ ।