बिहे नगरेकाेमा लकडाउनलमा पछुताे महसुस भयो : राजेशपायल राई

रेडियो दर्पण संवाददाता

अवधिमा बिहे नगरेकाले आफूलाई पछुतो लागेको बताए । नेपाल लाइभसँगको कुराकानीमा उनले लकडाउन दैनिकीको अनुभव साटेका हुन् । लकडाउनको अवधिमा बाबुआमासँग लामो कुराकानी गर्न पाएकोमा उनी निक्कै खुसी देखिए ।
लकडाउनको अवधिमा दिनभर सुतेर रातभर उठ्ने गरेको, दार्शनिक अन्तर्वार्ताहरु हेर्ने, फिल्म हेर्ने गरेको जानकारी दिँदै उनले मेराे विवाह भएको भए यो लकडाउनले आफूलाई सन्तान दिन्थ्यो कि जस्तो लागेको बताए ।
आफू स‌ंगीतकै पछाडि मात्रै लागेको र अहिले लकडाउनमा एक्लै बस्दा परिवार भए कस्तो हुन्थ्यो भन्ने अनुभव भइरहेको उनले बताएका छन् ।
घरमा बसेर किराती तरकारी बनाउन सिकेको बताए । आफू किरात कुलमा हुर्किएकाले किराती खाना बनाइरहेको जानकारी दिए ।