१४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जान्छौं : पाँच दल

रेडियो दर्पण संवाददाता

काठमाडौं, ८ जेठ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका पाँच राजनीतिक दलका सांसदहरु प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध अदालत जाने भएका छन्।

शनिबार बसेका पाँच दलको बैठकले यसको सशक्त राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो।

कांग्रेस, माओवादीसहित एमालेको माधवकुमार नेपालपक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादवपक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले संघर्षका लागि जनतालाईसमेत अपिल गर्ने निर्णय गरेको छ।