प्रिय बादल,
हिमाल जस्तै सफा तिम्रो रुप हेर्दै रहर लाग्ने
देखेपछि तिमिलाइ मनका पिर सब भाग्ने
देखिन्छौ जताततै अनेकौं आकृती
कहिलेकाही फैलाउछौ संसार भर विकृती
काला गोरा मानिस झै भेदभाव देखिन्छ
जब नजिक पुग्छौं तब वर्षा बर्सिन्छ
क्रोधले ब्याकुल भै नजिक पुग्दा
पृथ्वी नै अन्धकार भुमरी पार्दिन्छौ
तिम्रा ती संघर्षमा खुसी/ दुखी देखिन्छ
गाली गलौज अनि स्याबासी भेटिन्छ
आँखाबाट खसेका ती आशुका धारा
अनि ढिक्का
कतिको जोवन हुन्छ फिक्का फिक्का
कठिन जीवनको सफलता संगै रमाउन सिकौं
केही खुसी आफ्नै संघर्षबाट कमाउन सिकौं ।।