प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन अदालत जाँदै, संसदीय दलको बैठक पनि बस्दै

रेडियो दर्पण संवाददाता

काठमाडौं, ९ जेठ ।

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछ ।

आज नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट १ सय ४९ सांसद अदालत जान लागेका हुन् ।

बैठकपछि आज अदालत जाने बतायएको छ । बैठक आज ११ बजे नयाँ वानेश्वरस्थित ससद भवनमा बस्दैछ । शनिवार बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शनिवार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम प्रतिनिधि सभा विघटन गरेकी छन् ।
उनले प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकेकी छिन् ।