छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १२ जेठ ।

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। तनहुँ, सप्तरी र बाँकेमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ मा गएराती ट्याक्टरबाट खसेर राजु पौडेले,सप्तरीको सुरुङ्गा नगरपालिका–७ चकदहमा गएराती ट्याक्टरबाट खसेर प्रदीप यादव र बाँकेको राप्तीसोनारी गाउँपालिका–२ बगैया बजारमा हिजो साँझ ट्रकले च्यापिएर कृष्णहबहादुर कुमालको मृत्यु भएको हो।