पाँच सय ३५ टर्की र चार सय ९२ स्थानीय कुखुरा नष्ट

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १२ जेठ ।

कीर्तिपुरमा कुखुरा तथा टर्कीमा देखिएको बर्ड फ्लु (एच फाइभ एन एट) पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका वडा नं. ४ र नौ र चन्द्रगिरी नगरपालिका वडा नं. २ का करिब पाँच सय ३५ टर्की, चार सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, एक सय ७८ अण्डा तथा नौ सय केज दानालाई नष्ट गरिएको जानकारी विज्ञप्तीमार्फत पशु विभागले जनाएको छ ।

रोग लागेको क्षेत्रलाई पुन नि : संक्रमण पनि गरिएको पशु सेवा विभागले जनाएको छ । बर्ड फ्लुको पुष्टि केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पुष्टि भएको थियो ।

त्यस्तै, विभागले निम्न विषयमा कृषक तथा सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ :

पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्न गराउन हुन्,

फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न गराउनु हुन्,

पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनु हुन्,

घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन स कुथुरा लगायतका पन्छीलाई खुल्ला नछोडी सुनेर पाल्न हुन् कुनै पनि पन्छी फार्म या अन्य पन्छीपालन या विकी स्थलमा अस्वाभाविक रूपमा विरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकापमा सूचना गरिदिनु हुन ,