बिरामीको मृत्युपछि भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण , चिकित्सकहरुको भागाभाग

रेडियो दर्पण संवाददाता

काठमाडौं,१४ जेठ ।

बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि कुटपिट भएको छ ।

उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको एक अधिकारीले आगमनखबरलाई बताए ।

‘बिरामीको मृत्यु भएपछी उहाँहरुले चिकित्सकहरुमाथि आक्रमण गर्न लाग्नुभयो, ‘ ती स्वास्थ्यकर्मीले आगमनखबर सँग भने, ‘केहि डाक्टरहरु हाम्फालेर भाग्न खोज्नुभयो भने कोहि भागेर ज्यान बचाउन खोज्नुभयो ।’

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेका थिए ।

हालसम्म प्रहरीले दुईजनालाई मात्र नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।