थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण , ९ हजार ८४१ संक्रमणमुक्त

रेडियो दर्पण संवाददाता

काठमाडौं,१४ जेठ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । त्यस्तै यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

आज २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।