जेष्ठ नागरिक भत्ता १ हजार बढेर ४ हजार अरु विशेताहरु

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १६ जेठ ।

बजेट २०७८ बिशेषता हरु १६ वर्ष भन्दा माथि उमेरका विद्यार्थीलाई १ थान ल्यापटप किन्न १% ब्याजदरमा ऋण दिने । २ वर्षमा भुक्तान गर्नुपर्ने ।बजेटसम्पुर्ण नेपाली नागरिकलाई नि:शुल्क कोभिड खोप व्यवस्थापन गर्न २६.७५ अरब विनियोजन गरिएको छ । स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १००% वृद्धि गरि रु.१२,००० पुर्‍याइएको छ ।

आगामी आर्थिक वर्षमा सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिनेछ । हाल यो कार्यक्रम ५८ जिल्लाका ५६३ स्थानीय तहमा लागू छ । १६ वर्ष भन्दा माथि उमेरका विद्यार्थीलाई १ थान ल्यापटप किन्न १% ब्याजदरमा ऋण दिने । २ वर्षमा भुक्तान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

स्नातक सकेका युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने । बालबालिकाको लागि झापाको दमकमा Children Paradise निर्माण गरिने । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई भ्रमण भत्तासहित १० दिन भ्रमण बिदा दिइने ।सार्वजनिक संस्थामा उच्च शिक्षा पढ्ने विद्यार्थीले ल्यापटप किन्ने चाहेमा विद्यार्थीलाई ८० हजार रुपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋण दिइने । यो रकम दुई वर्षभित्र तिरे पुग्ने । १६ वर्ष भन्दामाथि विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिइने ।