एमाले अध्यक्ष ओलीले बाेलाए स्थायी कमिटी बैठक

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १६ जेठ ।

सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठक आज बेलुकी ५ बजे बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । बैठकको एजेन्डाबारे जानकारी नभएको उनको भनाइ छ ।

यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।