ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो ?

रेडियो दर्पण संवाददाता

काठमाडौं, १७ जेठ ।

छापावाला सुनको मुल्य गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको अझै बढ्ने क्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।