राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा खस्यो २९७ मत

रेडियो दर्पण संवाददाता

काठमाडौं, १७ जेठ ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा जारी निर्वाचनमा २९७ जनाले मतदान गरेका छन् । अब जम्मा तीन जना मात्रै मतदान गर्न बाँकी छन् । तीन जनामध्ये बाँकेका प्रमुखले मतदान नगर्ने घोषणा गरिसकेका छन् । यस्तै नरैनापुर गाउँपालिकाका अध्यक्ष र गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान गरेका छैनन् ।

३ सय मतदाता रहेको लुम्बनीमा ८३ प्रदेशसभा सदस्य र २१४ जना स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका छन् ।

मतदानका समय तीन दिन बजेसम्म छ । आजै भर्चुअल माध्यमबाट परिणाम आउने बताइएको छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का चुनावी मैदानमा रहेका थिए ।

प्रदेशसभामा तीन सय जना मतदाता रहेका थिए । जसमा प्रदेशसभा सदस्यका ८३ र स्थानी तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २१७ मतदाता रहेका थिए ।

यस्तै जसपाबाट निलम्बनमा परेका ४ जनालाई पनि अन्तिम समयमा मतदानको अधिकार प्रदान गरेको थियो । आयोगले राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभातर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चार जना प्रदेश सभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेश गरेको हो ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ हुन्छ ।