आजको राशिफल २०७८ ज्येष्ठ २३ गते, आइतवार

रेडियो दर्पण संवाददाता

मेष राशिः दिन सुखद् रहनेछ । मिष्ठान्न लाभका साथै प्राकृतिक परिभ्रमणका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले दिन साथर्क बन्ने देखिन्छ ।

वृष राशिः खर्चमा वृद्धि हुनसक्नेछ । शत्रु भयका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको भाव मध्भ्यम फलदायी रहनेछ ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै कार्य क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

कर्कट राशिः धार्मिक कार्यमा अग्रसरता रहनेछ । आय बढ्नुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । मित्र सहयोगले दिनि सार्थक रहनेछ ।

सिंह राशिः वित्तीय लाभ हुनेछ । अध्ययनमा रुचि बढ्नुका साथै सृजनात्मक कार्यमा अग्रसरता रहनेछ । पारिवारिक सुख प्राप्त हुने आजको राशिफल रहेको छ ।

कन्या राशिः दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।

तुला राशिः बौद्धिक कार्यमा मन जानेछ । पारिवारिक सुख मिल्नुका साथै परोपकारी कार्यमा मन अभिप्रेरित रहनेछ । आर्थिक पक्ष पनि आज सबल रहनेछन् ।

वृश्चिक राशिः आयमा वृद्धि हुनेछ । मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । व्यवसायमा सफलता प्राप्त हुने आजको राशिफल रहेको छ ।

धनु राशिः पारिवारिक सुख मिल्नेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा अधिक लगाव रहनेछ । विद्याको क्षेत्र मध्यमफलदायी रहनेछ ।

मकर राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा प्रतिकूलता रहनसक्नेछ । बोलीमा सजग रहनु नै आज उचित हुने देखिन्छ ।

कुम्भ राशिः धार्मिक कार्यमा मन जानेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । प्रेम जीवन पारखिले रहनेछ ।

मीन राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापना पनि आज सफलता मिल्नेछ ।