नेपाललाई टुक्राउने अभिव्यक्ति दिएका महतोको एमाले माधव समूहले जलायो पुत्ला

रेडियो दर्पण संवाददाता

काठमाडौं, २२ जेठ ।

एमालेको माधवुमार नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेको छ ।

नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै शनिबार काठमाडौंको नयाँ वानेश्वरमा नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरूले महतोको पुत्ला दहन गरेका हुन् ।

शुक्रबार पदभार सम्हाल्दै नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग राखेर सरकारमा आएको भन्दै अन्तरवार्ता दिएका थिए ।

पुुत्ला दहन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।