श्रीमानको निधन भएको एकसातामा श्रीमतीको पनि निधन

रेडियो दर्पण संवाददाता

झापा, २३ जेठ ।

झापा बिर्तामोडका एक दम्पतिको हप्ता दिनको अन्तरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनीहरुको मृत्यु भएको हो ।

श्रीमानको मृत्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो ।

बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो ।

उनको उपचारको क्रममा विर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो ।

श्रीमानको निधन भएको एक सातापछि शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृत्यु भएको छ ।

बस्नेतको उपचारको क्रममा दिउँसो मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।

पहिला श्रीमान गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बस्नेतले जानकारी दिए ।