रवीन्द्र मिश्रको प्रस्तावमा बाबुरामको टिप्पणी- झिंगाको सरापले डिंगा मर्दैन !

रेडियो दर्पण संवाददाता

काठमाडौं, १५ साउन ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का नेता बाबुराम भट्टराइले आपत्ति जनाएका छन् ।

नेता भट्टराईले रवीन्द्र मिश्रको प्रस्ताव उल्लेख गर्दै चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित नहुन सबैलाई आग्रह गरेका छन् ।

‘झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।’ उनले लेखेका छन् ।

त्यस्तै उनले रविन्द्र मिश्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हालेको भन्दै राजतन्त्रको भूतको संज्ञा दिएका छन् ।