भारतको जस्तै पब्जी र फ्री’फायर नेपालमा तत्काल ब्यान्ड गर्ने नेपाल सरकारको तयारी

रेडियो दर्पण संवाददाता

काठमाडौं, १५ साउन ।

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् ।
‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको अ’सरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्री’फायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको ड’राउने,

झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको त’नावको कारण निम्तिने रो’गहरूको दृश्य सामान्य लाग्ला ।

तर पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।सांसदले माग गरेसँग प्रधानमन्त्त देउबाले पनि बालबालिकामा मनोबैज्ञानिक असर परेको भन्दै तत्काल पब्जी र फ्री फायर लगायतका गेम बन्द गर्ने तयारी थालेका छन यदब्पी बन्द हुने निश्चित भने भइसकेको छैन ।

पब्जी र फ्री फायर लगायतका गेमहरु युवा पुस्ता र बालबालिकाका रोजाइका गेमहरु बनिरहेका छन । बिश्वभर नै पब्जी र फ्री फायरलाइ रुचाउनेको जमात निकै नै ठुलो छ । आजभोली अधिकांश बालबालिका र युवाहरु अधिकांश समय यी गेममा बिताउने गरेको अनुसन्धानहरुले देखाएको छ ।

उसो हरेक कुराको सकारात्मक पाटो र नकारात्मक पाटो त हुन्छ नै । अनलाइन गेमको पनि फाइदा र बेफाइदा आफनो ठाउमा छन । तर अनलाइन गेमहरुमा घन्टौँ समय ब्यतित गर्नु यति घातक हुन्छकी जुन सामान्य मानिसको मष्तिष्कले कल्पनासम्म गर्न सक्दैन । यसले तत्काल भन्दा पनि दिमागमा दिर्घकालीन एबम घातक असर पार्दछ । अहिलेका अभिभावकका लागी यी गेमबाट आफना बालबच्चालाइ टाढा राख्न् नै चुनौति देखिन्छ तर समयमा नसोच्ने हो भने दिर्घकालमा ठुलो क्षती ब्यहोर्नुपर्नेछ ।

बेज्ञानिक अनुसन्धानमा यो कुरा पुष्टि पनि भइसकेको छ की यस्ता गेममा घन्टौ समय बिताउने मानिसहरु जिबनको एक न एक मोडमा आत्महत्यको सिकार बन्न जान्छन भने केही मानिस पागल समेत बनेको देखिएको छ । त्यसैले यस्ता घातक गेमबाट समाजलाइ टाढडा राख्नु नै आजको चुनौति बनिसकेको छ ।