श्रीमानलाइ सँगै सुत्न र टाइममा खाना पकाएर नखुवाउने श्रीमतीलाई ६ वर्ष जेल

रेडियो दर्पण संवाददाता

काठमाडौं, १५ साउन ।

युरोपेली मुलुक इटलीमा एउटा अनौठो घटना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मु(द्दा हालेका छन् ।

यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मु(द्दा हालेका हुन् । उ

नले आफ्नी श्रीमती विरु(द्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ(पहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दु(व्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।

उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा ला(त्ताले हिर्काएर घचेटेको उनको गुनासो छ । यदि वा(दीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल स(जायँ हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

यो समाचार केटीएम दैनिकमा प्रकाशित गरिएको छ ।