आज देशैभरी ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १९ साउन ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार पिसीआर विधिबाट १०,६३८ र ऐन्टिजेन विधिबाट २४४८ गरी १६ हजार ७१८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना गरी उपत्यकामा आज ९०४ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । मन्त्रालयले जनाएअनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९,९२२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९९४ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये २९ हजार २२ जना होम आइसोलेशनमा र ३०३७ जना संस्थागत आइसोलेशनमा उपचारत रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ६८६ जना र भेन्टिलेटरमा १६२ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी मंगलवार देशैभरी ३२ हजार ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।