काठमाडौं, १६ भाद्र ।
ज्यानमारा केसको अभियोग लागे पनि सभामुखको कुर्सीमा बसिरहेका अग्नी प्रसाद सापकोटाको ढुकढुकी बढेको छ । आज नै उनी विरुद्ध परेको मुद्धाको सुनवाइको मिति सर्वोच्च अदालतले तोकेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ। काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।
सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो। सापकोटाविरुद्ध काभ्रेकी पुर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेशीमा चढेको हो।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सभामुख अग्नी सापकोटा विचको विवाद क्याइमेक्समा पुगेको छ । एमालेले सापकोटा माथी महाअभियोग सम्मको तयारी गरिरहेका बेला सर्वोच्च अदालत बाट आएको खबरलाई निकै चासोका साथ हेरिएको छ ।
हिजो मात्रै पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समामुख सापकोटाले नेपालको राजनितीलाई गलत बाटो बाट हिडाउँन खोजेको भन्दै आक्रोस व्यक्त गरेका थिए । भिर र काल्ना बाट राजनिती हिडाउँन खोज्ने सापकोटा सँग हिसाब गरेरै छोड्ने उद्घोष ओलीले गरेका थिए ।