प्रचण्डको टाउकोमा फेरी ‘घन’ बजारिन लागेकै होत ?

रेडियो दर्पण संवाददाता

काठमाडौं, १७ भाद्र ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन अघि काठमाडौंमा भएको वाइसिएलको एक कार्यक्रममा भनेका थिए कुन बेला टाउकोमा घन बजारिने हो चनाखो भएर बस्नुपर्ने छ ।

फागुन ११ गते सर्वोच्च अदालतले गरेको संसद पूनस्थापना लगत्तै प्रचण्ड र माधव नेपालले खाएको लड्डुको स्वाद सम्झँदै प्रचण्डले लड्डुको स्वाद राम्रो सँग चाख्न नपाउँदै घन टाउकोमा बजारिएको बताएका थिए । प्रचण्डको संकेत फागुन २३ को फैसला तिर केन्द्रित थियो जुन फैसलाले नेकपाको आधिकारीता ऋषि कट्टेलले पाएका थिए भने प्रचण्ड र माधव नेपालको लभमा धक्का लागेको थियो ।

प्रचण्डले अहिले केपी ओलीलाई हटाएर परमादेश बाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन सफल भएकोमा केही सन्तोष व्यक्त गरेका छन् तर प्रचण्डको आशंका छ फेरी पनि कता बाट कतिखेर घन हानी ने हो सतर्क भएर बस्नु पर्छ ।

प्रचण्डले अभिव्यक्ती दिएको दुई दिन नकट्दै फेरी पनि प्रचण्डको टाउकोमा घन बजारिन लागेको त होइन भन्ने चर्चा नेपालको राजनितीमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एकाएक प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सँग नजिकिए पछि प्रचण्डले भने झैँ नै हुने त होइन भन्ने चर्चा सुरु भएको हो ।
परमादेश बाट प्रधानमन्त्री बनेको २ महिना पुग्नै लाग्दा पनि मन्त्रीपरिषद विस्तार नसकेर लाचार भएका देउवाले गठबन्धन बाट सहयोग नपाउँने बुझे पछि ओलीसँग सहकार्यको लागी हात अघि बढाएका छन् । ओली देउवा सहकार्यको खबरले मात्रै पनि एमाले र काग्रेसका कार्यकर्तामा वेग्लै खालको उत्साह देखीएको छ ।

एमसीसी लगायतका विषयले पनि ओली देउवा मिल्न सक्ने कुराले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नराम्रो सँग झस्किएका छन् । आजै माधव नेपाल प्रचण्ड सँग भेट्न कुदिसकेका छन् ।

राजनितीलाई सम्भावनाको खेल पनि भनिन्छ । स्वयं प्रचण्डले यो शब्द सबैभन्दा धेरै पटक प्रयोग गर्ने गर्दछन् गठबन्धनको किचलो यस्तै रहने हो भने देउवा ओली मिलेर सरकार चलाउँने प्रचण्ड र माधव सरकार बाहिर बस्नु पर्ने दिन नआउँला भन्न सकिन्न। त्यस्तो अवस्थामा प्रचण्डले भनेझैँ सचेत रहँदा रहँदै पनि उनको टाउकोमा घन बाजारिन सक्ने छ ।