काग्रेस एमाले सहकार्यको बहस तिब, माओवादी र नेकपा एस विखलबन्दमा

रेडियो दर्पण संवाददाता

काठमाडौं, १७ भाद्र ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न पठाए पछि काग्रेस एमाले सहकार्यको बहस तिब्र भएको छ ।

समाजिक संजाल प्रयोगकर्ता देखी विभिन्न दलका नेताहरुले यस बिषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । केपी ओलीलाई प्रधानमन्त्री बाट हटाएर बनेको गठबन्धनले केही माखो मार्ने संकेत नदेखीए पछि दुइ महिना नपुग्दै काग्रेस एमाले सहकार्यले चर्चा पाएको छ ।

एमाले केन्द्रीय सदस्य तथा सांसद झपट रावलले कांग्रेस र एमालेबीच सहमति गरेर राजनीतिमा अपराधिकरण रोक्न प्रदेश र संघ सरकारमा गठबन्धन गर्दै स्थायित्व सुनिश्चित गर्नुपर्ने विषयमा बहस शुरु भएको बताए ।

उनले भने–लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता एमाले र कांग्रेस एक ठाउँमा उभिएर समिक्षा गरौं । अहिलेका अस्थिरता,सांसद किनेबेच र अपराधिकरणलाई रोक्नका लागि प्रदेशदेखि संघ सरकारसम्म एमाले र कांग्रेसले सहकार्य गरियो भनेमात्र व्यवस्था बलियो हुन्छ ।

उनले यो कुरा आफूले पार्टी नेताहरुसँग राखेको र कांग्रेस तथा एमालेका एक तहका नेताहरुबीच पनि छलफलमा रहेको बताए । अहिले एमाले विभाजनका कारण सबै प्रदेशमा अस्थिरता आएको र मन्त्री बन्नका लागि माफियाहरुले किनबेचको खेल शुरु गरेको भन्दै उनले एमाले र कांग्रेसबीच सहकार्य भए त्यस्ता शक्ति पाखा लाग्छन् ।

रावलले भने–चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गरौंला तर प्रदेश र संघमा स्थायित्व दिनका लागि हामीले समिक्षा गरौं । नत्र मन्त्री बन्नका लागि मोलमोलाइ गर्ने,दल विभाजन गर्ने र माफिया अपराधीले राज्यसत्ता कब्जा गर्ने अवस्था आउन थाल्यो । कम्तिमा सबै प्रदेश र संघमा अस्थिरता अन्त्य गरौं ।