कुवेतमा लोकल मदिरा सहित ४ नेपाली पक्राउ

रेडियो दर्पण संवाददाता

काठमाडौं, २१ भदौं ।

मदिरा प्रति’बन्धित रहेको कुवेतमा लोकल म’दिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले प’क्राउ गरेको छ ।

कुवेतको होवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घ’रेलु म’दिरा उत्पादन गरिरहेको अवस्थामा होवाली पुलिसले चार जना नेपालीलाई प’क्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ।

यसियाली नागरिकद्वारा अ’बैध म’दिरा बेच बिखन गरीरहेको थाहा पाएपछी सोही क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा छा’पा मा’रेको हो।

सुरक्षाकर्मी र कुवेत नगरपालिकाले संयुक्त अपरेसनमा पहिले क्षेत्र घेरा हालेर अपार्टमेन्टमा छापा मारेको थियो।उनीहरुको नागरिक पहिचान कार्ड जाँच गर्दा उनीहरु नेपालका रहेको र उनीहरु मध्ये एक जना नेपाली पहिला देखीनै आ’रोपित सूचीमा रहेकोले कुवेत पुलिसले खोजी गर्दै आएको बताइएको छ।

होवाली सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापा मार्दा त्यहाँ नेपालीद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ।

छापा मार्ने क्रममा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा ब’रामद गरेको छ। जसमध्य ब्यारल लोकल म’दिरा प्रहरीले ब’रामद गरेको थियो।

पक्राउ परेकाहरु चारै जनालाई आवश्यक कानुनी का’रवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने कानुनी का’रवाई अनुसार देश फर्काउने तयारी भइरहेको बताइएको समाचारमा उल्लेख छ ।