फर्किए परराष्ट्रमन्त्री खड्का

रेडियो दर्पण संवाददाता

काठमाडौं, १३आश्विन ।

परराष्ट्रमन्त्री डा.नारायण खड्का आज स्वदेश फर्किएका छन। गत असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका मन्त्री खड्का आज स्वदेश फर्किएका हुन् ।

मन्त्री खड्काले हिजो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। मन्त्री खड्काले न्युयोर्कमा रहँदा भारतीय समकक्षीसँग पनि भेटवार्ता गरेका थिए।