राजकुमार लेखी एमालेमा प्रवेश

रेडियो दर्पण संवाददाता

काठमाडौं,१७ असोज ।

पछिल्लो समय पार्टी परिवर्तन गर्ने र पुरानै पार्टीमा फर्कनेको लहर बढ्दै छ । यसैबिचमा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हु्न् ।

लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडेका थिए । त्यसपछि उहाँ मधेशवादी विभिन्न दलहरुमा आवद्ध हुनु भएको थियो ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका थिए ।