नेपाली कांग्रेस काठमाडौं महानगरको अधिवेशनमा मतदान सम्पन्न

रेडियो दर्पण संवाददाता

काठमाडौं, १७असोज

नेपाली कांग्रेस काठमाडौं महानगरको अधिवेशनमा मतदान सकिएको छ । काठमाडौंको राष्ट्रिय सभाहलमा भएको मतदानमा कुल ११८२ प्रतिनिधिमध्ये ११३९ जना प्रतिनिधिले मात्र मतदानमा भाग लिएका छन् । बाँकी ४३ प्रतिनिधिले भने मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका तर्फबाट खटिएका अधिवक्ता मानसी ज्ञवालीका अनुसार मतदान सकिएर मुचुल्का उठाउने काम भइरहेको छ ।

मतगणनापूर्वका प्रक्रिया पूरा गरेपछि केही घण्टाभित्रै मतगणना प्रारम्भ हुने छ ।

कांग्रेसको महानगर समितिका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहका फरक फरक प्यालनमा मैदानमा छन् ।

सभापति देउवाको प्यानललाई नेता भिमसेनदाश प्रधानको टिमले साथ दिएको छ भने सिंहको प्यानलाई युवा नेता गगन थापाले साथ दिएका छन् ।

देउवा–प्रधान प्यानलबाट प्रगतिमान शाक्यको नेतृतवको प्यानल छ भने सिंह–थापा प्यानलबाट निलकाजी शाक्य नेतउृत्वको प्यानल प्रतिस्पर्धामा छ । दुवै प्यानलबीच कडा टक्कर हुने स्थानीय नेताहरुको आकलन छ ।