काठमाडौं, १७ असोज ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५५.९३ अंकले घट्दा २५७७.४९ विन्दुमा आइपुगेको छ।
त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ११.०७ अंकले ओरालो लागेको छ।
आजको कारोबारमा २३२ कम्पनी सामेल भएकामा ८९ लाख बढी कित्ता सेयर बिक्री भएको छ।
दिनभरिमा ५२ हजार ३ सय ९१ पटकको खरिदबिक्रीपछि चार अर्ब ११ करोड ३८ लाखको कारोबार भएको हो।
आज १३ वटै उपसूचक राताम्य छन्।
मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अरु लगानीकर्ताले कमाउन सकेनन्।
आज लगानीकर्ताले ९.१९ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। एउटा कम्पनीको अधिकतम कारोबार १५ करोड मात्रै छ।